webnovel

परिवेश

सन्ध्याको आगमनमा मनमा एक बेग्लै छटपटी थियो।

घाम डाँडामुनि जाँदै गर्दा म छात्रावासको छतमा पश्चिम फर्केर क्षितिजपारि हेर्ने कोसिस गर्दै थिएँ। पहाडको थुम्कोमा ठोक्किएर उपत्यकाभरी तेर्सिएका घामका किरणमा आफ्नो आवास फर्किदै गरेका चराचुरुङ्गीको दृश्य, चित्र कोरेझै देखिरहेको थियो। प्रत्येक क्षण घामको प्रकाश मलिन हुँदै जाँदा, म पनि आफ्ना सम्झनाका पानाहरू पल्टाउँदै तिनीहरूमै हराउँदै थिएँ।

हरेक पल पहाडको बढ्दो छायाँमा यादहरूको चलचित्र एक एक गरी चलिरह्यो। भानु स्कूलका साथीहरु, G.M.D का साथीहरु, बाल विकासका साथीहरु, पुराना छात्रावासका पुराना याद, इत्यादि। सबै मेरो सामु छर्लङ्ग देखिन थाले। तितामिठा याद, सबैको पोको फुकाइ हेरे। तर आफ्नो जीवनका २१ वर्ष बिताइसक्दा पनि मेरा यादहरूमा बुबामुमाको भाग सार्है छोटो लाग्यो।

‌"सायद, घरभन्दा धेर होस्टेल बसेर होला।"

सोचि ल्याउँदा मन खिन्न भयो। आँखा रसाए। मुमाबुबाको तस्बिर आँखा अघि झल्यास् आयो। बुबाको अनुहार मेहेनेत र कर्तव्य याद दिलाउँदै थियो। मुमाको मुहारमा चिन्ता र माया दुबैे झलक्या प्रस्ट देखेँ। घरको सम्झनाले मन लाई एकदम शान्त बनायो। र म पनि पहिले भन्दा बढी चासोले पलहरु पल्टाउँदै गए। भाइहरु, बहिनी सबै सँग साटेका क्षण सम्झदा रमाइलो लाग्दै थियो। दिज्युसँग गरेका झगडा, सताएका पल, आदि।

"दिज्यु?"